Skip to content
Opens in a new window
Listen to this chapter • 1:05

[1] याहवेहको प्रशंसा गर! परमेश्‍वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर; उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!

[2] उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर; उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!

[3] तुरही फुक्दै उहाँको प्रशंसा गर; वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!

[4] खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर; तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!

[5] झ्याली बजाएर उहाँको प्रशंसा गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!

[6] सास हुने हरेकले याहवेहको प्रशंसा गरून्! याहवेहको प्रशंसा गर!

भजनसंग्रह — Chapters