Skip to content
Opens in a new window
Listen to this chapter • 0:47

[1] हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ।

[2] तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्‍त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु।

[3] हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!

भजनसंग्रह — Chapters