Skip to content
Opens in a new window
Listen to this chapter • 1:07

[1] याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्, जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।

[2] जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।

[3] धर्मीहरूलाई छुट्ट्याइएको देशमा, दुष्‍टहरूको राजदण्ड रहनेछैन। नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउलान्।

[4] हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्; तिनीहरूलाई, जसका हृदय सोझो छन्।

[5] तर खराब मार्गतिर जो फर्कन्छन्, याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ। इस्राएलमाथि शान्ति कायम रहोस्!

भजनसंग्रह — Chapters