Skip to content
Opens in a new window
Listen to this chapter • 2:03

[1] हे याहवेह, मलाई निर्दोष प्रमाणित गर्नुहोस्; किनकि मैले दोषरहित जीवन जिएको छु; ढलपल नभइकन मैले याहवेहमा भरोसा राखेको छु।

[2] हे याहवेह, मलाई जाँच्नुहोस्; र मेरो पारख गर्नुहोस्। मेरो हृदय र मन जाँचेर हेर्नुहोस्;

[3] किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्‍वासयोग्यतामा हिँडेको छु।

[4] म छली मानिसहरूसँग बस्दिनँ, न त पाखण्डीहरूसँग म सङ्गत गर्छु।

[5] कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्‍ट काम गर्नेहरूसँग बस्‍न इन्कार गर्दछु।

[6] हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु।

[7] उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु, र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।

[8] हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।

[9] पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्;

[10] जसका हातहरू दुष्‍ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्।

[11] तर म त निर्दोष जीवन जिउँछु; मेरो उद्धार गर्नुहोस् र ममाथि कृपालु हुनुहोस्।

[12] मेरा खुट्टाहरू समतल ठाउँमा खडा छन्; ठूलो महासभामा म याहवेहको प्रशंसा गर्नेछु।

भजनसंग्रह — Chapters