Skip to content
Opens in a new window
Listen to this chapter • 1:20

[1] याहवेहले आफ्नो जग पवित्र पर्वतमा स्थापित गर्नुभएको छ।

[2] याकोबका सबै वासस्थानहरूलाई भन्दा उहाँले सियोनका ढोकाहरूलाई बढी प्रेम गर्नुहुन्छ।

[3] हे परमेश्‍वरको सहर, तेरो विषयमा प्रशंसामय कुराहरू भनिएका छन्: सेला

[4] “मलाई स्वीकार गर्नेहरूमध्ये राहाब र बेबिलोनलाई म सूचीमा राख्नेछु— पलिश्ती, टायर र कूशलाई समेत भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्मेको थियो।’ ”

[5] वास्तवमा सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्यो त्यहीँ जन्मेका थिए, अनि सर्वोच्‍च परमेश्‍वरले नै त्यसलाई स्थापना गर्नुहुनेछ।”

[6] याहवेहले जाति-जातिहरूका नाम दर्ता-पुस्तकमा लेख्नुहुनेछ: “यसको जन्म सियोनमा भएको हो।” सेला

[7] सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्: “मेरा सबै आशिष्‌का मूलहरू तँमा नै छन्।”

भजनसंग्रह — Chapters