Skip to content
Opens in a new window
Listen to this chapter • 1:46

[1] याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्‍न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ,

[2] किनकि हेर, दुष्‍टहरूले आफ्नो धनुमा ताँदो चढाउँछन्; अँध्यारोबाट काँड ताकेर सोझो हृदय भएकाहरूलाई हान्‍नका निम्ति तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्।

[3] जब जगहरू नै नष्‍ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?”

[4] याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।

[5] याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्‍टहरू, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।

[6] दुष्‍टहरूमाथि उहाँले प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ; र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।

[7] किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।

भजनसंग्रह — Chapters