Skip to content
Opens in a new window
Listen to this chapter • 1:22

[1] “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्;

[2] “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्; तर तिनीहरूले मलाई जित्न सकेका छैनन्।

[3] हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।

[4] तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्‍टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”

[5] सियोनलाई घृणा गर्नेहरू सबै लज्जित भएर फर्किऊन्!

[6] तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;

[7] त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।

[8] त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”

भजनसंग्रह — Chapters