Skip to content
Opens in a new window
Listen to this chapter • 1:34

[1] हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!

[2] हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!

[3] मलाई परदेशीहरूले आक्रमण गर्छन्; मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्— ती मानिसहरूले परमेश्‍वरको श्रद्धा गर्दैनन्। सेला

[4] हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ; प्रभुले नै मलाई सहारा दिनुहुन्छ।

[5] मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्; तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!

[6] म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु; हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।

[7] तपाईंले मलाई मेरा सबै सङ्कष्‍टहरूबाट छुटाउनुभएको छ; र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।

भजनसंग्रह — Chapters