Skip to content
Opens in a new window
Listen to this chapter • 1:00

[1] हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्‍वर, मेरा आँखाहरू म तपाईंतिर उठाउँछु।

[2] जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्, जसरी सेविकाले आफ्नी मालिक्नीका हाततिर हेर्दछे, त्यसरी नै उहाँले हामीमाथि दया नगरुन्जेल, हाम्रा आँखाहरूले, याहवेह हाम्रा परमेश्‍वरतिर हेर्दछन्।

[3] हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्; किनकि हामीले अति नै अवहेलना सहेका छौँ।

[4] हामीले अहङ्कारीहरूबाट अति नै उपहास र घमण्डीहरूबाट अति नै अवहेलना सहेका छौँ।

भजनसंग्रह — Chapters