Skip to content
Opens in a new window
Listen to this chapter • 2:05

[1] हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ; म दिलोज्यानले तपाईंलाई खोज्दछु; पानी नभएको सुक्खा र बाँझो जमिनमा, मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।

[2] पवित्रस्थानमा मैले तपाईंको दर्शन गरेको छु, र तपाईंको शक्ति र महिमालाई देखेको छु।

[3] तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ; यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।

[4] मेरो जीवनभरि नै म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म मेरो हात उचाल्नेछु।

[5] मेरो प्राण अति उत्तम भोजनझैँ पूर्ण रूपमा सन्तुष्‍ट हुनेछ; स्तुतिगान गाउँदै मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।

[6] मेरो ओछ्यानमा म तपाईंलाई सम्झन्छु; रातको हरेक पहरमा म तपाईंलाई मनन गर्छु।

[7] किनकि तपाईं मेरो सहायक हुनुहुन्छ; म तपाईंको पखेटाको छायामुनि आनन्दले गाउँछु।

[8] मेरो सम्पूर्ण शक्तिले तपाईंलाई समात्छ; तपाईंको दाहिने हातले मलाई सम्हालेर राख्दछ।

[9] मलाई मार्न खोज्नेहरूचाहिँ नष्‍ट पारिनेछन्; तिनीहरू पृथ्वीको गहिराइ भागहरूमा जानेछन्।

[10] तिनीहरू तरवारद्वारा मारिनेछन्; र स्यालहरूको आहारा हुनेछन्।

[11] तर राजा परमेश्‍वरमा आनन्दित हुनेछन्; परमेश्‍वरको नाममा शपथ लिनेहरू सबैले उहाँलाई महिमा दिनेछन्; जबकि झूटो बोल्ने मुख थुनिनेछ।

भजनसंग्रह — Chapters