Skip to content
Opens in a new window
Listen to this chapter • 1:26

[1] याहवेहको प्रशंसा गर! हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर!

[2] अहिलेदेखि लिएर सदासर्वदा, याहवेहको नामको प्रशंसा भइरहोस्!

[3] सूर्योदयदेखि सूर्यास्तसम्म नै याहवेहको नामको प्रशंसा हुनुपर्छ!

[4] याहवेह सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ; र उहाँको महिमा आकाशभन्दा उच्‍च छ।

[5] याहवेह हाम्रा परमेश्‍वरजस्तो को छ र? उहाँ उच्‍च सिंहासनमा विराजमान हुनुहुन्छ,

[6] जो स्वर्ग र पृथ्वीलाई हेर्न भनी तल निहुरनुहुन्छ।

[7] उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ।

[8] उहाँले तिनीहरूलाई राजकुमारहरूसित, आफ्नै प्रजाका राजकुमारहरूसित बसाउनुहुन्छ।

[9] उहाँले बाँझी स्त्रीलाई सन्तान दिनुभएर उनलाई सुखी आमाको रूपमा उनको घरमा स्थिर गरिदिनुहुन्छ। याहवेहको प्रशंसा गर!

भजनसंग्रह — Chapters