Skip to content
Opens in a new window
Listen to this chapter • 1:10

[1] जब इस्राएलीहरू इजिप्टबाट निस्किआए, जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,

[2] तब यहूदा परमेश्‍वरको पवित्रस्थान, अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।

[3] त्यो देखेर लाल समुद्र भाग्यो; यर्दन नदी पछिल्तिर फर्कियो;

[4] पर्वतहरू भेडाहरूझैँ, डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।

[5] हे समुद्र, तँ किन भागिस्? हे यर्दन, तँ किन पछि फर्किस्?

[6] हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो, तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?

[7] हे पृथ्वी, प्रभुको सामु, याकोबका परमेश्‍वरको सामु थरथरी काम्;

[8] जसले चट्टानलाई पानीका तलाउमा, कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।

भजनसंग्रह — Chapters