Skip to content
Opens in a new window
Listen to this chapter • 1:12

[1] जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो।

[2] त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए; हाम्रा जिब्राहरू हर्षका गीतले भरिए। तब जाति-जातिहरूका बीच यसो भनियो, “याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”

[3] याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ।

[4] हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ, निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!

[5] जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।

[6] जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।

भजनसंग्रह — Chapters