Skip to content
Opens in a new window
Listen to this chapter • 1:25

[1] हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?

[2] कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?

[3] हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्; मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।

[4] नत्रता मेरो वैरीहरूले भन्‍नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।

[5] तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु; मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।

[6] म याहवेहको स्तुति गाउनेछु; किनकि उहाँ मप्रति भलो हुनुहुन्छ।

भजनसंग्रह — Chapters