Skip to content
Opens in a new window
Listen to this chapter • 1:02

[1] याहवेहको भय मान्‍नेहरू र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।

[2] तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्।

[3] तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्।

[4] हो, याहवेहको भय मान्‍ने जन यसरी नै आशिषित हुनेछ।

[5] याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।

[6] तिमी आफ्ना नातिनातिनाहरूलाई देख्ने गरी बाँच— इस्राएलमाथि शान्ति रहोस्!

भजनसंग्रह — Chapters