Skip to content
Opens in a new window
Listen to this chapter • 1:42

[1] हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ; उच्‍च सोरले परमेश्‍वरको निम्ति जयजयकार गर!

[2] सर्वोच्‍च याहवेह कस्तो महान् हुनुहुन्छ, सारा पृथ्वीभरिका महाराजा।

[3] उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा, र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ।

[4] उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्‍नुभयो, याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला

[5] परमेश्‍वर आनन्दको सोरसित, याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ।

[6] परमेश्‍वरको निम्ति गीत गाओ, गीत गाओ; हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!

[7] किनकि परमेश्‍वर सारा पृथ्वीका राजा हुनुहुन्छ; उहाँको निम्ति प्रशंसाको भजन गाओ!

[8] परमेश्‍वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ; परमेश्‍वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ।

[9] अब्राहामका परमेश्‍वरका मानिसहरूझैँ राष्ट्रहरूका श्रेष्‍ठ व्यक्तिहरू भेला भएका छन्; किनकि पृथ्वीका शासकहरू परमेश्‍वरकै हुन्; परमेश्‍वर अति उच्‍च हुनुहुन्छ।

भजनसंग्रह — Chapters