Skip to content
Opens in a new window
Listen to this chapter • 1:11

[1] यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्—

[2] मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;

[3] तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;

[4] उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो।

[5] उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो।

[6] याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।

[7] शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ।

[8] स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।

भजनसंग्रह — Chapters