Skip to content
Opens in a new window
Listen to this chapter • 4:47

[1] याहवेहलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[2] देवताहरूका परमेश्‍वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[3] प्रभुहरूका प्रभुलाई धन्यवाद देओ: उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[4] उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्‌भुत कार्यहरू गर्नुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[5] उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्‍टि गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[6] उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[7] उहाँलाई धन्यवाद देओ, जसले विशाल ज्योतिहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[8] उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[9] उहाँलाई धन्यवाद देओ, जसले रातमा प्रभुत्व गर्नलाई चन्द्रमा र ताराहरू बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[10] उहाँलाई धन्यवाद देओ, जसले इजिप्टका पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[11] र उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूको बीचबाट इस्राएललाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[12] उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली हात र पराक्रमी पाखुराले तिनीहरूलाई निकालेर ल्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[13] उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[14] उहाँलाई धन्यवाद देओ, जसले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[15] उहाँलाई धन्यवाद देओ, जसले फारो र तिनका सेनालाई लाल समुद्रमा डुबाइदिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[16] उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्‍याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[17] उहाँलाई धन्यवाद देओ, जसले ठूला-ठूला राजालाई नाश पार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[18] उहाँलाई धन्यवाद देओ, जसले शक्तिशाली राजालाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[19] उहाँलाई धन्यवाद देओ, जसले एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[20] उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[21] उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[22] उहाँलाई धन्यवाद देओ, जसले आफ्ना सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[23] उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[24] उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[25] उहाँलाई धन्यवाद देओ, जसले हरेक प्राणीलाई भोजन दिनुहुन्छ। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[26] स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

भजनसंग्रह — Chapters