Skip to content
Opens in a new window
Listen to this chapter • 1:30

[1] परमेश्‍वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला

[2] ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्, अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।

[3] हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।

[4] जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला

[5] हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।

[6] भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष् दिनुहुन्छ।

[7] परमेश्‍वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।

भजनसंग्रह — Chapters