Skip to content
Opens in a new window
Listen to this chapter • 3:04

[1] मैले भनेँ, “म आफ्नो चालचलनमा होसियार रहनेछु, र मेरो जिब्रोलाई पापबाट रोक्नेछु; दुष्‍टहरूको उपस्थितिमा, म आफ्नो मुखमा मोहोलो लगाएर बस्‍नेछु।”

[2] तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो।

[3] मेरो हृदय मभित्र जलिरह्‍यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ:

[4] “हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्‍न दिनुहोस्!

[5] तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्‍टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला

[6] “निश्‍चय नै हरेक मानिस एउटा छायाजस्तै हिँड्‍डुल गर्छ; व्यर्थमा तिनीहरू धनसम्पत्ति थुपार्न हतार गर्छन्; तर त्यो अन्त्यमा कसको हुन्छ, सो जान्दैनन्।

[7] “हे प्रभु, अब म के कुराको निम्ति प्रतीक्षा गरूँ? मेरो आशा त तपाईंमा नै छ।

[8] मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।

[9] म मौन थिएँ; मैले मेरो मुख खोलिनँ; किनकि त्यो गर्ने तपाईं नै हुनुहुन्छ।

[10] तपाईंको विपत्ति मबाट हटाउनुहोस्; तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु।

[11] जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्‍ट पार्नुहुन्छ— साँच्‍चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला

[12] “हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, मदतको निम्ति मैले गरेको पुकार सुनिदिनुहोस्; मेरो आँसुलाई त्यसै नटारिदिनुहोस्; किनकि प्रवासीझैँ म तपाईंमा आश्रित छु, मेरा सबै पुर्खाहरूजस्ता थिए, त्यस्तै नै एक परदेशी हुँ।

[13] मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”

भजनसंग्रह — Chapters