Skip to content
Opens in a new window
Listen to this chapter • 1:04

[1] मेरो सङ्कष्‍टमा म याहवेहलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ।

[2] हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्।

[3] ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहुनेछ? अनि अझ बढ्ता के गर्नुहोला?

[4] उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर, र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!

[5] मलाई धिक्‍कार छ! म मेशेकमा बास गर्दछु; किनकि केदारका पालहरूका बीचमा बसेको छु!

[6] शान्तिलाई घृणा गर्नेहरूका बीचमा म बसेको धेरै समय भयो।

[7] म त शान्तिप्रिय व्यक्ति हुँ; तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।

भजनसंग्रह — Chapters