Skip to content
Opens in a new window
Listen to this chapter • 1:14

[1] म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ?

[2] मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।

[3] उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;

[4] साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।

[5] याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;

[6] दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।

[7] याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;

[8] तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।

भजनसंग्रह — Chapters