Skip to content
Opens in a new window
Listen to this chapter • 1:22

[1] जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ।

[2] हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र हाम्रा खुट्टाहरू उभिएका छन्।

[3] यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्‍म गरी मिलाएर बसालिएको छ।

[4] इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्।

[5] किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।

[6] यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तँलाई प्रेम गर्नेहरू सुरक्षित रहून्।

[7] तेरा पर्खालहरूभित्र शान्ति रहोस्; र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!”

[8] मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु।

[9] याहवेह हाम्रा परमेश्‍वरको भवनको खातिर, म तेरो भलो चिताउनेछु।

भजनसंग्रह — Chapters