Skip to content
Opens in a new window
Listen to this chapter • 1:33

[1] हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्! मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्!

[2] धेरैले मेरो विषयमा यसो भन्दैछन्, “परमेश्‍वरले त्यसलाई सहायता गर्नहुनेछैन।” सेला

[3] तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्छ।

[4] म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला

[5] म पल्टन्छु र निदाउँछु; म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।

[6] मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।

[7] हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्‍वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्‍टहरूका दाँत भाँचिदिनुहोस्।

[8] याहवेहबाट छुटकारा आउँछ, तपाईंको आशिष् तपाईंका प्रजामाथि रहोस्। सेला

भजनसंग्रह — Chapters