Skip to content
Opens in a new window
Listen to this chapter • 1:06

[1] हे सारा पृथ्वी, आनन्दको निम्ति याहवेहको जयजयकार गर!

[2] हर्षकासाथ याहवेहको आराधना गर; आनन्दका गीतहरू गाउँदै उहाँको सामु आओ!

[3] याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ; हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।

[4] धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस; र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर; उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!

[5] किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ; उहाँको विश्‍वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।

भजनसंग्रह — Chapters