Skip to content
Opens in a new window
Listen to this chapter • 1:23

[1] याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन।

[2] उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्‍याउनुहुन्छ।

[3] उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।

[4] मृत्युको अन्धकारमय घाटीबाट भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लहुरो र तपाईंको छडीले मलाई सान्त्वना दिन्छन्।

[5] तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ।

[6] निश्‍चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु।

भजनसंग्रह — Chapters