Skip to content
Opens in a new window
Listen to this chapter • 1:22

[1] हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;

[2] हे प्रभु, मेरो सोर सुन्‍नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्!

[3] हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र?

[4] तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।

[5] म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।

[6] पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, हो, पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी, म प्रभुको प्रतीक्षा गर्दछु।

[7] हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ।

[8] उहाँ आफैँले इस्राएललाई तिनीहरूका सबै पापहरूबाट छुटाउनुहुनेछ।

भजनसंग्रह — Chapters