Listen to this chapter • 1:05
[1] तब बिल्दद शुहीले जवाफ दिए:
[2] “प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्; उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
[3] के उहाँका सेनाहरूलाई गन्न सकिन्छ? उहाँको ज्योति कसमाथि पर्दैन र?
[4] त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ? स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
[5] उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन, र ताराहरू पनि शुद्ध छैनन् भने,
[6] मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”