Skip to content
Opens in a new window
Listen to this chapter • 1:42

[1] त्यस दिन तिमीहरू भन्‍नेछौ: “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। तपाईं मसित रिसाउनुभए तापनि तपाईंको रिस अब मरेको छ; अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ।

[2] निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; म भरोसा गर्नेछु र डराउनेछैनँ। याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक हुनुहुन्छ; निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।”

[3] आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।

[4] त्यस दिन तिमीहरू भन्‍नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर।

[5] याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; यो कुरा सारा संसारले जानोस्।

[6] हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।”

यशैया — Chapters