Skip to content
Opens in a new window
Listen to this chapter • 3:54

[1] आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।

[2] उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।

[3] आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।

[4] शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

[5] आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[6] शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।

[7] तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।

[8] शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[9] एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।

[10] अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।

[11] एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[12] केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।

[13] अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।

[14] केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[15] महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।

[16] अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

[17] महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[18] येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।

[19] अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

[20] येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।

[21] हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।

[22] अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

[23] हनोक जम्मा 365 वर्षसम्म बाँचे।

[24] हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।

[25] मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।

[26] अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

[27] मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[28] लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।

[29] अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”

[30] नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

[31] लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।

[32] नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।

उत्पत्ति — Chapters