Skip to content
Opens in a new window
Listen to this chapter • 4:16

[1] नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।

[2] येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।

[3] गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।

[4] यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।

[5] (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)

[6] हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।

[7] कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।

[8] कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।

[9] तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”

[10] तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।

[11] त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू

[12] अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।

[13] इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,

[14] पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।

[15] कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती,

[16] यबूसी, एमोरी, गिर्गाशी,

[17] हिव्वी, अरकी, सिनी,

[18] अर्वादी, सेमारी र हमातीहरू। पछि कनानीहरूका कुलहरू फैलिए,

[19] अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।

[20] तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।

[21] शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।

[22] शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।

[23] अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।

[24] अर्पक्षद शेलहका पिता थिए, अनि शेलहचाहिँ एबेरका पिता थिए।

[25] एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।

[26] योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,

[27] हदोराम, ऊजाल, दिक्ला,

[28] ओबाल, अबीमाएल, शेबा,

[29] ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।

[30] (तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)

[31] तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।

[32] तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए।

उत्पत्ति — Chapters