Skip to content
Opens in a new window
Listen to this chapter • 3:44

[1] अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।

[2] जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनकोको आलोचना गरे ।

[3] तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो ।”

[4] तर पत्रुसले तिनीहरूलाई त्‍यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः

[5] ‘म योप्‍पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखें जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्‍तो तलतिर झरिएको थियो । यो मकहाँ आयो ।

[6] मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्‌गली जन्‍तुहरू, घस्रने जन्‍तुहरू, र आकासमा उड्ने चराहरू देखें।

[7] त्‍यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, “पत्रुस उठ अनि तिनीहरूलाई मारे र खाऊ ।”

[8] मैले भने, “प्रभु, यसो होइन, किनभने अहिलेसम्म अपवित्र र अशुद्ध थोक मेरो मुखमा परेकै छैनन् ।”

[9] तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्‍वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’

[10] यो तीन पल्टसम्म भयो, त्‍यसपछि सबै कुरा स्वर्गतिर फेरि उठाइ लगियो ।

[11] हेर्नुहोस्, हामी बसको घर अगाडि तीन जना मानिस उभिरहेका थिए । उनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो ।

[12] पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नु हुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्‍यो मानिसको घरभित्र गयौं ।

[13] उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्‍पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

[14] उनले तिम्रो लागि एउटा सन्‍देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”

[15] जब म तिनिहरूसँग बोल्न थालें, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो ।

[16] कसरी उहाँले भन्‍नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झें, ‘‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’’

[17] हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा उहाँले हामीलाई दिनुभएको त्‍यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र ?’’’

[18] जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, ‘‘परमेश्‍वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्चाताप दिनुभएको छ ।’’

[19] त्‍यसकारण स्तिफनसको मृत्‍युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्‍वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्‍देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए ।

[20] तर तिनीहरूमध्‍ये केही मानिसहरू साइप्रस र कुरेनीबाटका एन्टिओखियामा आए र ग्रीकहरूसँग पनि बोले र प्रभु येशूको प्रचार गरे ।

[21] र तिनीहरूसँग प्रभुको हात थियो, ठूलो सङ्‌ख्‍यामा मानिसहरूले विश्‍वास गरे र प्रभुतिर फर्के ।

[22] तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।

[23] जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।

[24] बारनाबास एक असल र पवित्र आत्माले भरिएका र विश्‍वासमा परिपक्‍व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए ।

[25] तब बारनाबास शाऊललाई खोज्‍नका निम्ति टार्ससतिर गए ।

[26] जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पूरै वर्षभरी नै मण्डलीमा सँगसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्‍टियान भनियो ।

[27] अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।

[28] तिनीहरूमध्‍ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठूलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।

[29] त्‍यसैले सक्‍ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे ।

[30] तिनीहरूले त्‍यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।

प्रेरितहरूका काम — Chapters