[1] सारा इस्राएलीहरूको सूची इस्राएल र यहूदाका राजाहरूका वंशावलीहरूको पुस्तकमा दर्ता गरियो। तिनीहरूको अविश्वासको कारण यहूदालाई बेबिलोनमा कैद गरेर लगियो।
[2] अब निर्वासनबाट पहिले फर्केर आउनेहरू र तिनीहरूका आफ्नै सहरहरूमा भएका आफ्नै सम्पत्तिमा बसोबास गर्नेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू थिए।
[3] तिनीहरू यहूदा, बेन्यामीन, एफ्राइम र मनश्शेबाट थिए, जो यरूशलेममा बस्दथे:
[4] ऊतै अम्मीहूदका छोरा, अम्मीहूद ओम्रीका छोरा, ओम्री इम्रीका छोरा, इम्री बानीका छोरा, जो यहूदाका छोरा पेरेसका सन्तान थिए।
[5] शीलोनीहरूबाट: जेठा छोरा असायाह र तिनका छोराहरू।
[6] जेरहातीहरूमा: यूएल। यहूदाका मानिसहरूको संख्या 690 थियो।
[7] बेन्यामीनीहरूमा: सल्लू मशुल्लामका छोरा, मशुल्लाम होदवियाहका छोरा, होदवियाह हस्सेनूअका छोरा।
[8] यरोहामका छोरा यिब्न्यियाह; एलाह उज्जीका छोरा, उज्जी मिक्रीका छोरा; अनि मशुल्लाम शपत्याहका छोरा, शपत्याह रूएलका छोरा, रूएल यिब्नियाहका छोरा थिए।
[9] बेन्यामीन वंशका मानिसहरू, तिनीहरूको वंशावलीमा सूचित गरिएअनुसार, तिनीहरूको संख्या 956 थियो। यी सबै मानिसहरू तिनीहरूका परिवारका अगुवाहरू थिए।
[10] पुजारीहरूमा: यदायाह; यहोयारीब; याकीन;
[11] अजर्याह हिल्कियाहका छोरा, हिल्कियाह मशुल्लामका छोरा, मशुल्लाम सादोकका छोरा, सादोक मरायोतका छोरा, मरायोत अहीतूबका छोरा, जो परमेश्वरको भवनको मुख्य अधिकारी थिए;
[12] अदायाह यरोहामका छोरा, यहोराम पशहूरका छोरा, पशहूर मल्कियाहका छोरा; अनि मासै अदीएलका छोरा, अदीएल यहजेराका छोरा, यहजेरा मशुल्लामका छोरा, मशुल्लाम मशिलेमीतका छोरा, मशिलेमीत इम्मेरका छोरा थिए।
[13] पुजारीहरू, जो परिवारका मुखियाहरू थिए तिनीहरूको संख्या 1,760 थियो। तिनीहरू परमेश्वरको भवनमा सेवा गर्न योग्यका जिम्मेवार मानिसहरू थिए।
[14] लेवीहरूमा: शमायाह हश्शूबका छोरा, हश्शूब अज्रीकामका छोरा, अज्रीकाम हशब्याहका छोरा, हशब्याह मरारीका छोरा थिए;
[15] बक्बक्कर, हेरेश, गलाल र मत्तन्याह थिए; मतन्याह मीकाका छोरा, मीका जिक्रीका छोरा, जिक्री आसापका छोरा थिए;
[16] ओबदियाह शमायाहका छोरा, शमायाह यदूतूनका छोरा, यदूतून गलालका छोरा; अनि बेरेक्याह आसाका छोरा, आसा एल्कानाका छोरा, जो नतोपातीहरूका गाउँहरूमा बस्थे।
[17] द्वारपालहरूमा: शल्लूम, अक्कूब, तल्मोन अहीमन र तिनीहरूका लेवी दाजुभाइहरू; अनि शल्लूमचाहिँ तिनीहरूका अगुवा थिए।
[18] यस बेलासम्म पूर्वपट्टि राजाको मूलढोकामा खटिएका द्वारपालहरू थिए। तिनीहरू लेवीहरूका छाउनीका द्वारपालहरू थिए।
[19] शल्लूम कोरेका छोरा, कोरे एब्यासापका छोरा, एब्यासाप कोरहका छोरा, र कोरहका सहकर्मी द्वारपालहरू तिनको परिवारबाट (कोरहवंशीहरू) तिनीहरूका पुर्खाहरू याहवेहको वासस्थानको प्रवेशद्वारको सुरक्षाको जिम्मेवारी भएझैँ, तिनीहरू छाउनीका सँघारको सुरक्षाको लागि जिम्मेवार थिए।
[20] पहिलेको समयमा एलाजारका छोरा पीनहास द्वारपालहरूका अधिकारी थिए; अनि याहवेह तिनीसँग हुनुहुन्थ्यो।
[21] मेशेलेम्याहको छोरा जकरियाचाहिँ भेट हुने पालको प्रवेशद्वारमा द्वारपाल थिए।
[22] द्वारपाल हुन चुनिएकाहरूको जम्मा संख्या 212 थियो। तिनीहरूको गाउँअनुसार तिनीहरूको वंशावली दर्ता गरिएको थियो। दावीद र दर्शी शमूएलले ती द्वारपालहरूलाई नियुक्त गरेका थिए; किनभने तिनीहरू विश्वासयोग्य थिए।
[23] तिनीहरू र तिनीहरूका सन्तानहरू याहवेहको भवन, अर्थात् भेट हुने पालका मूलढोकाहरूको सुरक्षा गर्ने जिम्मामा थिए।
[24] द्वारपालहरू चारै दिशामा: पूर्व, पश्चिम, उत्तर र दक्षिणमा थिए।
[25] तिनीहरूका गाउँहरूमा भएका लेवी दाजुभाइहरू आएर सात दिनका निम्ति तिनीहरूलाई सुरक्षाको काममा पालैपालो सहयोग गर्थे।
[26] तर चार जना मुख्य लेवी द्वारपालहरूलाई चाहिँ परमेश्वरको भवनमा भएका कोठाहरू र भण्डारहरूका लागि जिम्मेवारी दिइएको थियो।
[27] तिनीहरूले परमेश्वरको भवनको वरिपरि रात बिताउँथे; किनकि तिनीहरूले भवनको रक्षा गर्नुपर्थ्यो। भवनको चाबी तिनीहरूसँग नै हुन्थ्यो र प्रत्येक बिहान तिनीहरूले नै भवन खोल्ने गर्थे।
[28] तिनीहरूमध्ये कोहीचाहिँ मन्दिरको सेवामा प्रयोग गरिने सामग्रीहरूका अधिकारी थिए। ती सामग्रीहरू बाहिर निकालिँदा र भित्र लगिँदा तिनीहरूले गन्ती गर्थे।
[29] अरूहरूलाई चाहिँ सामानहरू र पवित्रस्थानका अरू सामग्रीहरूको साथमा विशेष पिठो, दाखमद्य, जैतुनको तेल, धूप र मसलाहरूको रेखदेख गर्ने जिम्मा दिइएको थियो।
[30] तर कति पुजारीहरूले चाहिँ मसलाहरूको मिश्रण बनाउने काम गर्थे।
[31] कोरहवंशी शल्लूमको जेठो छोरा मत्तीत्याह नाम भएका लेवीले भेटीको रूपमा चढाइने रोटी पकाउने जिम्मा पाएका थिए।
[32] तिनीहरूका केही कहातवंशी लेवी दाजुभाइहरूचाहिँ प्रत्येक शब्बाथ विश्रामको दिनमा मेचमाथि राखिने रोटी तयार गर्ने जिम्मामा थिए।
[33] सङ्गीतकारहरू, जो लेवी परिवारका मुखियाहरू थिए; तिनीहरू मन्दिरका कोठाहरूमा बस्थे, र तिनीहरूलाई अरू कामहरूको जिम्मा दिइँदैनथ्यो। किनकि दिनरात तिनीहरूको सङ्गीतको जिम्मेवारी थियो।
[34] यी सबै लेवी परिवारका अगुवाहरू थिए। अगुवाहरू तिनीहरूका वंशावलीको सूचीमा लेखिएका थिए; तिनीहरू यरूशलेममा बस्थे।
[35] गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।
[36] अनि तिनका जेठा छोरा अब्दोन थिए; अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,
[37] गदोर, अहियो, जकरिया र मिक्लोत।
[38] मिक्लोतचाहिँ शिमामका पिता थिए। तिनीहरू पनि यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।
[39] नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।
[40] जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।
[41] मीकाका छोराहरू: पीतोन, मेलेक, तहरै र आहाज।
[42] आहाज यादाहका पिता थिए; अनि यादाहचाहिँ, आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्रीचाहिँ मोसका पिता थिए।
[43] तिनी बिनेका पिता थिए; अनि रपायाहचाहिँ बिनेका छोरा थिए। एलासा रपायाहका छोरा र आसेल एलासाका छोरा थिए।
[44] आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए; अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी आसेलका छोराहरू थिए।