Skip to content
Opens in a new window
Listen to this chapter • 5:44

[1] बेन्यामीनका छोराहरू: पहिलो छोरा बेला; दोस्रो छोरा अश्बेल, तेस्रो अहरह,

[2] चौथो नोआ र पाँचौँ रफा।

[3] बेलाका छोराहरू यिनै हुन्: अद्दार, गेरा, अबिहूद,

[4] अबीशू, नामान, अहोह,

[5] गेरा, शपूपान र हूराम।

[6] एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्‍ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:

[7] एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए।

[8] सहरेमले आफ्ना पत्नीहरू हूशीम र बारासँग सम्बन्ध-विच्छेद गरिसकेपछि मोआबमा तिनका अरू छोराहरू जन्मेका थिए।

[9] तिनकी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम,

[10] यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए।

[11] तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।

[12] एल्पालका छोराहरू: एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)।

[13] अनि बेरियाह र शेमा, अय्यालोनमा बस्‍नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।

[14] अहियो, शाशक, यरेमोत,

[15] जबदियाह, अराद, एदेर,

[16] मिखाएल, यिश्पा र योहा बेरियाहका छोराहरू थिए।

[17] जबदियाह, मशुल्‍लाम, हिज्की, हेबेर,

[18] यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।

[19] याकीम, जिक्री, जब्दी,

[20] एलीएनै, सिल्‍लतै, एलीएल,

[21] अदायाह, बरायाह र शिम्रात शिमीका छोराहरू थिए।

[22] यिश्पान, एबेर, एलीएल,

[23] अब्दोन, जिक्री, हानान,

[24] हनन्याह, एलाम, अन्तोतियाह,

[25] यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।

[26] शम्शरै, शहर्याह, अतल्याह,

[27] यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।

[28] यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।

[29] गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।

[30] तिनका जेठा छोरा अब्दोन थिए, अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,

[31] गदोर, अहियो, जेकेर

[32] अनि मिक्लोत थिए, जोचाहिँ शिमाहका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूको नजिक बस्थे।

[33] नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।

[34] जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।

[35] मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।

[36] आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए।

[37] मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।

[38] आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए: अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।

[39] आसेलका भाइ एशेकका छोराहरू: पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत।

[40] ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना। यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।

1 इतिहास — Chapters