Skip to content
Opens in a new window
Listen to this chapter • 5:02

[1] हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्; माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्;

[2] साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्; काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्;

[3] ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्; अनि कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्।

[4] यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे। दावीदले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।

[5] अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए।

[6] साथै अरू छोराहरू पनि थिए; यिभार, एलीशूअ, एलीपेलेत,

[7] नोगह, नेपेग, याफिया,

[8] एलीशामा, एल्यादा र एलीपेलेत—जम्मा नौ जना।

[9] यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।

[10] सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात,

[11] यहोशापातका छोरा यहोराम, यहोरामका छोरा अहज्याह, अहज्याहका छोरा योआश,

[12] योआशका छोरा अमस्याह, अमस्याहका छोरा अजर्याह, अजर्याहका छोरा योताम,

[13] योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे,

[14] मनश्शेका छोरा आमोन, आमोनका छोरा योशियाह थिए,

[15] योशियाहका छोराहरू: जेठा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह र कान्छोचाहिँ शल्‍लूम।

[16] यहोयाकीमका उत्तराधिकारीहरू: तिनका छोरा यहोयाकीन र सिदकियाह।

[17] बेबिलोनीहरूले कैदमा लगेका यहोयाकीनका छोराहरू: शालतिएल,

[18] मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।

[19] पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।

[20] यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।

[21] हनन्याहका सन्तानहरू: पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।

[22] शकन्याहका छोराहरू: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना।

[23] नेरियाहका छोराहरू: एल्योएनै, हिजकिया र अज्रीकाम—जम्मा तीन जना।

[24] एल्योएनैका छोराहरू: होदवियाह, एल्यासीब, पलायाह, अक्‍कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना।

1 इतिहास — Chapters