[1] इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए।
[2] तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो।
[3] उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।
[4] तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।
[5] अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।
[6] बेन्यामीनका तीन छोराहरू: बेला, बेकेर र यदीएल थिए।
[7] बेलाका छोराहरू: एसबोन, उज्जी, उज्जीएल, यरीमोत र इरी, अर्थात् परिवारका अगुवाहरू जम्मा पाँच जना थिए। तिनीहरूका वंशावली विवरणमा 22,034 जना लडाकु मानिसहरूको संख्या थियो।
[8] बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए।
[9] तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।
[10] यदीएलका छोरा: बिल्हान थिए। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।
[11] यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।
[12] इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।
[13] नप्तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्लेम, अर्थात् यिनीहरू बिल्हाका छोराहरू थिए।
[14] मनश्शेका सन्तानहरू: अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।
[15] माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।
[16] माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।
[17] ऊलामका छोरा: बदान थिए। मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए।
[18] गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।
[19] शमीदाका छोराहरू: अहियन, शेकेम, लिखी र अनीआम थिए।
[20] एफ्राइमका सन्तानहरू: एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद, बेरेदका छोरा तहत, तहतका छोरा एलादा, एलादाका छोरा तहत,
[21] तहतका छोरा जाबाद र जाबादका छोरा शूतेलह थिए। (एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।
[22] तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।
[23] त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो।
[24] एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्लो र तल्लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)
[25] एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप, जसका छोरा तेलह, जसका छोरा तहन,
[26] जसका छोरा लादान, जसका छोरा अम्मीहूद, जसका छोरा एलिशामा,
[27] जसका छोरा नुन, अनि नूनका छोरा यहोशू थिए।
[28] तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए।
[29] मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।
[30] आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्।
[31] बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए।
[32] हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए।
[33] येप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्वात थिए। यिनीहरू येप्लेतका छोराहरू थिए।
[34] शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम थिए।
[35] शोमेरका भाइ हेलेमका छोराहरू: सोपह, यिम्ना, शेलेश र आमाल थिए।
[36] सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बेरी, यिम्राह,
[37] बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा थिए।
[38] येतेरका छोराहरू: यपून्ने, पिस्पा र अरा थिए।
[39] उल्लाका छोराहरू: अराह, हन्नीएल र रिसिया थिए।
[40] आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।