Skip to content
Opens in a new window
Listen to this chapter • 13:00

[1] लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए।

[2] कहातका छोराहरू: अम्राम, यिसहार हेब्रोन र उज्जीएल थिए।

[3] अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार थिए।

[4] एलाजार पीनहासका पिता, पीनहास अबीशूका पिता,

[5] अबीशू बुक्‍कीका पिता, बुक्‍की उज्जीका पिता,

[6] उज्जी जरयाहका पिता, जरयाह मरायोतका पिता,

[7] मरायोत अमर्याहका पिता, अमर्याह अहीतूबका पिता,

[8] अहीतूब सादोकका पिता, सादोक अहीमासका पिता,

[9] अहीमास अजर्याहका पिता, अजर्याह योहानानको पिता,

[10] योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए।

[11] अजर्याह अमर्याहका पिता, अमर्याह अहीतूबका पिता,

[12] अहीतूब सादोकका पिता, सादोक शल्‍लूमका पिता,

[13] शल्‍लूम हिल्कियाहका पिता, हिल्कियाह अजर्याहका पिता,

[14] अजर्याह सरायाहका पिता, अनि सरायाह यहोसादाकका पिता थिए।

[15] याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो।

[16] लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए।

[17] गेर्शोनका छोराहरूका नाम यिनै हुन्: लिब्नी र शिमी थिए।

[18] कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए।

[19] मरारीका छोराहरू: महली र मूशी थिए। तिनीहरूका पिताको नामअनुसार सूचित गरिएका लेवीहरूका वंशहरू यिनै हुन्:

[20] गेर्शोन सन्तानहरू: गेर्शोनका छोरा लिब्नी, लिब्नीका छोरा यहत, यहतका छोरा जिम्माह,

[21] जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह, र जेरहका छोरा यातरै थिए।

[22] कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर

[23] अस्सीरका छोरा एल्काना, एल्कनाका छोरा एब्यासाप, एब्यासापका छोरा अस्सीर,

[24] अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल, उरीएलका छोरा उज्जियाह, र उज्जियाहका छोरा शौल थिए।

[25] एल्कानाका छोराहरू: अमासै र अहीमोत थिए।

[26] अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै, सोपेका छोरा नहत,

[27] नहतका छोरा एलिआब, एलिआबका छोरा यरोहाम, यहोरामका छोरा एल्काना, अनि एल्कानाका छोरा शमूएल थिए।

[28] शमूएलका छोराहरू: पहिलो योएल र दोस्रो छोरा अबीयाह थिए।

[29] मरारीका सन्तानहरू: महली छोरा लिब्नी, लिब्नीका छोरा शिमी, शिमीका छोरा उज्जाह,

[30] उज्‍जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह र हग्गियाहका छोरा असायाह थिए।

[31] परमेश्‍वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्।

[32] सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे।

[33] तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा,

[34] जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोआहका छोरा,

[35] जो सूपका छोरा, जो एल्कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा,

[36] जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा,

[37] जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा,

[38] जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए।

[39] अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे: आसाप बेरेक्याहका छोरा, बेरेक्याह शिमेअका छोरा,

[40] जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा,

[41] जो एत्नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,

[42] जो एतानका छोरा, जो जिम्माहका छोरा, जो शिमीका छोरा,

[43] जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए।

[44] अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू: एतान कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्‍लूकका छोरा,

[45] जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा,

[46] जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा,

[47] जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।

[48] तिनीहरूका लेवी दाजुभाइहरूलाई परमेश्‍वरको भवन, समागम पालका अरू सबै कामहरूको जिम्मा दिएको थियो।

[49] तर हारून र तिनका सन्तानहरूलेचाहिँ परमेश्‍वरको सेवक मोशाले दिएका सबै आज्ञाहरू बमोजिम इस्राएलको निम्ति प्रायश्‍चित गर्दै, महा-पवित्रस्थानमा गर्नुपर्ने सबै कामअनुसार होमबलिको वेदी र धूपको वेदीमा बलिदानहरू चढाउँथे।

[50] हारूनका सन्तानहरू यिनै थिए: हारूनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू,

[51] तिनका छोरा बुक्‍की, तिनका छोरा उज्जी, तिनका छोरा जरयाह,

[52] तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब,

[53] तिनका छोरा सादोक, तिनका छोरा अहीमास थिए।

[54] तिनीहरूका निम्ति छुट्ट्याइएका तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। (ती वासस्थानहरू कहाती वंशहरूबाट आएका हारूनका सन्तानहरूलाई दिइयो; किनकि पहिलो चिट्ठा तिनीहरूका निम्ति परेको थियो)।

[55] यहूदामा तिनीहरूलाई हेब्रोनका चारैतिरका खर्कहरूसमेत दिइयो।

[56] (तर सहरका चारैतिरका खेतहरू र गाउँहरूचाहिँ यपून्‍नेको छोरा कालेबलाई दिइयो)।

[57] यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो,

[58] हीलेन, दबीर,

[59] आशान, युत्ता र बेथ-शेमेशलाई तिनीहरूका खर्कहरूसमेत दिइयो।

[60] अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो। कहातीका वंशहरूलाई बाँडिएका यी नगरहरू तेह्र वटा थिए।

[61] कहातका बाँकी रहेका सन्तानहरूलाई चाहिँ मनश्शेको आधा कुलबाट दश वटा नगरहरू भाग लगाइदिए।

[62] गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्‍ताली र बाशानमा बस्‍ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए।

[63] मरारीका सन्तानहरूलाई वंश-वंश गरी रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा नगरहरू भाग लगाइदिए।

[64] यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए।

[65] यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्‍लेखित गरिएका नगरहरू भाग लगाइदिए।

[66] कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो।

[67] एफ्राइमको पहाडी मुलुकमा शेकेम (शरण-नगर), गेजेर,

[68] योकमाम, बेथ-होरोन,

[69] अय्यालोन र गात-रिम्मोनको साथै तिनीहरूका खर्कहरूसमेत दिइयो।

[70] अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए।

[71] गेर्शोनीहरूले पाएका ठाउँहरू: मनश्शेको आधा कुलबाट तिनीहरूले बाशानमा गोलान र अस्तारोत, र तिनीहरूका खर्कहरूसमेत पाए।

[72] इस्साखारको कुलबाट तिनीहरूले पाएका नगरहरू: केदेश, दाबरत,

[73] रामोत र अनेम अनि तिनीहरूका खर्कहरूसमेत पाए;

[74] आशेरको कुलबाट तिनीहरूले पाएका ठाउँहरू: माशाल, अब्दोन,

[75] हूक्‍कोक, रहोब र तिनीहरूका खर्कहरूसमेत पाए।

[76] अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए।

[77] मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए;

[78] रूबेनको कुलबाट यरीहोको पूर्वमा यर्दनपारि उजाडस्थानमा बेसेर, यहसाह,

[79] कदेमोत, मेपात र तिनीहरूका खर्कहरूसमेत पाए;

[80] अनि गादको कुलबाट तिनीहरूले गिलादको रामोत, महनाइम,

[81] हेश्बोन, याजेर र तिनीहरूका खर्कहरूसमेत पाए।

1 इतिहास — Chapters