[1] इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
[2] दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर थिए।
[3] यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्टिमा दुष्ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।)
[4] यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए।
[5] पेरेसका छोराहरू: हेस्रोन र हामूल।
[6] जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा, गरेर जम्मा पाँच जना।
[7] कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए।
[8] एतानका छोरा: अजर्याह।
[9] हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब।
[10] राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए।
[11] नहशोन सल्मोनका पिता थिए; सल्मोन बोअजका पिता थिए।
[12] बोअज ओबेदका पिता थिए; र ओबेद यिशैका पिता थिए।
[13] यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ,
[14] चौथो नथनिएल, पाँचौँ रद्दै,
[15] छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए।
[16] तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए।
[17] अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए।
[18] हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए।
[19] जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।
[20] हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए।
[21] हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहवास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्।
[22] सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे।
[23] (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) यी सबै गिलादका पिता माकीरका सन्तानहरू थिए।
[24] कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
[25] हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह।
[26] यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्।
[27] यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।
[28] ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर।
[29] अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्।
[30] नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे।
[31] अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।
[32] शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे।
[33] जोनाथनका छोराहरू: पेलेत र जाजा। यरहमेलका सन्तानहरू यिनीहरू नै थिए।
[34] शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो।
[35] अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्।
[36] अत्तै नातानका पिता थिए; र नातान जाबादका पिता थिए;
[37] जाबाद एपलालका पिता थिए; एपलाल ओबेदका पिता थिए;
[38] ओबेद येहूका पिता थिए; येहू अजर्याहका पिता थिए,
[39] अजर्याह हेलेसका पिता थिए; हेलेस एलासाका पिता थिए,
[40] एलासा सिस्मैका पिता थिए; सिस्मै शल्लूमका पिता थिए;
[41] शल्लूम यकम्याहका पिता थिए; र यकम्याह एलीशामाका पिता थिए।
[42] यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए।
[43] हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।
[44] शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
[45] शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए।
[46] कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए।
[47] यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप।
[48] कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्।
[49] तिनले मदमन्नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्।
[50] कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल।
[51] बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।
[52] किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग,
[53] अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्।
[54] सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू,
[55] अनि याबेसमा बस्ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।