[1] दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
[2] आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे।
[3] यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।
[4] हेमानका छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल र यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती र रोमम्ती-एजेर, योशब्काशा, मल्लोती, होतीर र महजीओत।
[5] (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्च तुल्याउनका निम्ति परमेश्वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
[6] यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्वरको भवनमा सेवा गर्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे।
[7] तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो।
[8] जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।
[9] पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्यो, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, दोस्रोचाहिँ गदल्याहलाई, तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,
[10] तेस्रोचाहिँ जक्कूरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[11] चौथो यिस्रीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[12] पाँचौँ नतन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[13] छैटौँ बुक्कियाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[14] सातौँ यसरेलालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[15] आठौँ यशयाहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[16] नवौँ मत्तन्याह, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[17] दसौँ शिमीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[18] एघाह्रौ अज्रेललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[19] बाह्रौँ हशब्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[20] तेह्रौँ शूबाएललाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[21] चौधौँ मत्तीत्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[22] पन्ध्रौँ यरेमोतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[23] सोह्रौँ हनन्याहलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[24] सत्रौँ योशब्काशालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[25] अठारौँ हनानीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[26] उन्नाइसौँ मल्लोतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[27] बीसौँ एलियातालाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[28] एक्काइसौँ होतीरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[29] बाइसौँ गिद्दलतीलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[30] तेईसौँ महजीओतलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना,
[31] चौबीसौँ रोमम्ती-एजेरलाई, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना थिए।