Skip to content
Opens in a new window
Listen to this chapter • 5:34

[1] हारूनका सन्तानका दलहरू यिनै थिए: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।

[2] तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताभन्दा पहिले मरेर गए, र तिनीहरूका छोराहरू थिएनन्। यसकारण एलाजार र ईतामारले पुजारी भएर सेवा गरे।

[3] एलाजारको सन्तान सादोक र ईतामारको सन्तान अहीमेलेकको सहायतामा, दावीदले तिनीहरूको निम्ति तोकिएको सेवाको नियमअनुसार तिनीहरूलाई दलहरूमा विभाजन गरिदिए।

[4] ईतामारका सन्तानहरूमा भन्दा एलाजारका सन्तानहरूमा धेरै संख्यामा अगुवाहरू पाइए। अनि तिनीहरूको संख्याअनुसार नै विभाजन गरिए: एलाजारका सन्तानबाट परिवारहरूका सोह्र जना अगुवाहरू र ईतामारका सन्तानबाट परिवारहरूका आठ जना अगुवाहरू थिए।

[5] दावीद, सादोक र अहीमेलेकले उनीहरूलाई पक्षपात नगरी चिट्ठा हालेर भाग गरे; किनकि एलाजार र ईतामार दुवैका सन्तानहरूसँग पवित्रस्थानमा सेवा गर्न योग्य अधिकृतहरू र परमेश्‍वरका अधिकृतहरू थिए।

[6] लेवी नथनिएलका छोरा शास्त्री शमायाहले राजा र अधिकृतहरू: पुजारी सादोक, अबीयाथारका छोरा अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारका अगुवाहरूको उपस्थितिमा तिनीहरूका नामहरू दर्ता गरे। एउटा घराना एलाजारबाट र एउटा घराना ईतामारबाट गोला हालेर छानियो।

[7] पहिलो चिट्ठा यहोयारीबको नाममा आयो, दोस्रो यदायाहको नाममा,

[8] तेस्रो हारीमको नाममा, चौथो सोरीमको नाममा,

[9] पाँचौँ मल्कियाहको नाममा, छैटौँ मिय्यामीनको नाममा,

[10] सातौँ हक्‍कोसको नाममा, आठौँ अबीयाहको नाममा,

[11] नवौँ येशूअको नाममा, दसौँ शकन्याहको नाममा,

[12] एघाह्रौ एल्यासीबको नाममा, बाह्रौँ याकीमको नाममा,

[13] तेह्रौँ हूप्पाको नाममा, चौधौँ येशेबाबको नाममा,

[14] पन्ध्रौँ बिल्गाको नाममा, सोह्रौँ इम्मेरको नाममा,

[15] सत्रौँ हेजीरको नाममा, अठारौँ हप्पिसेसको नाममा,

[16] उन्‍नाइसौँ पतहयाहको नाममा, बीसौँ यहेजकेलको नाममा,

[17] एक्‍काइसौँ याकीनको नाममा, बाइसौँ गामूलको नाममा,

[18] तेईसौँ दलायाहको नाममा, चौबीसौँ मज्याहको नाममा निस्क्यो।

[19] याहवेह इस्राएलका परमेश्‍वरले, तिनीहरूका पुर्खा हारूनलाई आज्ञा दिएबमोजिम, हारूनले तिनीहरूका निम्ति तोकिदिएका नियमअनुसार याहवेहको मन्दिरमा सेवाको निम्ति प्रवेश गर्दा तिनीहरूको निम्ति तोकिएको क्रम यही थियो।

[20] लेवीहरूका बाँकी रहेका सन्तानहरूका निम्ति चाहिँ: अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट: येहेदियाह,

[21] रहब्याहको बारेमा, तिनका छोराहरूबाट: जेठा यिश्शिय्याह।

[22] यिसहारबाट: शलामोत; शलोमोतका छोराहरूबाट: यहत।

[23] हेब्रोनका छोराहरू: जेठो यरियाह, माहिलो अमर्याह, साहिँलो यहजीएल र कान्छो यकमाम।

[24] उज्जीएलका छोरा: मीका; मीकाका छोराहरूबाट: शामीर।

[25] यिशियाहका छोराहरूबाट: जकरिया।

[26] मरारीका छोराहरू: महली र मूशी। यजियाहबाट: बनो;

[27] मरारीका छोराहरू, यजियाहबाट: बनो, शोहम, जक्‍कूर र इब्री।

[28] महलीबाट: एलाजार जसका छोरा थिएन।

[29] कीशबाट: कीशका छोरा यरहमेल।

[30] अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। तिनीहरूका परिवारअनुसार लेवीहरू यिनै थिए।

[31] तिनीहरूका दाजुभाइहरू र हारूनका सन्तानहरूले गरेझैँ तिनीहरूले दावीद राजाको उपस्थितिमा र सादोक, अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारहरूका अगुवाहरूको उपस्थितिमा चिट्ठा हाले। परिवारको सबैभन्दा जेठो दाजु होस् वा सबैभन्दा सानो भाइ होस्, उमेर र पदको ख्याल नराखी समान व्यवहार गरियो।

1 इतिहास — Chapters