[1] आदम, शेत, एनोश,
[2] केनान, महलालेल, येरेद,
[3] हनोक, मतूशेलह, लेमेक, नोआ थिए।
[4] नोआका छोराहरू: शेम, हाम र येपेत।
[5] येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
[6] गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
[7] यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
[8] हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
[9] कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
[10] कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
[11] इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्तूहीहरू,
[12] पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरू।
[13] कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती
[14] यबूसी, एमोरी, गिर्गाशी,
[15] हिव्वी, अरकी, सिनी,
[16] अर्वादी, सेमारी र हमातीहरू।
[17] शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
[18] अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए।
[19] एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
[20] योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
[21] हदोराम, ऊजाल, दिक्ला,
[22] ओबाल, अबीमाएल, शेबा,
[23] ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।
[24] शेम, अर्पक्षद, शेलह,
[25] एबेर, पेलेग, र रऊ,
[26] सरूग, नाहोर, तेरह,
[27] अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
[28] अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
[29] तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
[30] मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
[31] यतूर, नापीश र केदमा। यी सबै इश्माएलका छोराहरू थिए।
[32] अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान।
[33] मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। यी सबै कतूराका सन्तानहरू थिए।
[34] अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
[35] एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
[36] एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक।
[37] रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
[38] सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
[39] लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
[40] शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
[41] अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
[42] एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र अरान।
[43] कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
[44] बेलाको मृत्युपछि बोज्रामा बस्ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
[45] योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्ने हूशाम तिनको ठाउँमा राजा भए।
[46] हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
[47] हददको मृत्युपछि मस्रेकामा बस्ने शम्ला तिनको ठाउँमा राजा भए।
[48] शम्लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
[49] शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
[50] बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
[51] हददको पनि मृत्यु भयो। एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत,
[52] ओहोलीबामा, एलाह, पीनोन,
[53] कनज, तेमान, मिब्सार,
[54] मग्दीएल र ईराम थिए। यिनीहरू एदोमका मुखियाहरू थिए।