Skip to content
Opens in a new window
Listen to this chapter • 1:37

[1] जब नेरियाहका छोरा बारूकले यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा यर्मियाले भनेका वचनहरू एउटा चर्मपत्रमा लेखे, तब यर्मिया अगमवक्ताले बारूकलाई यसो भने:

[2] “याहवेह इस्राएलका परमेश्‍वरले, तिमीलाई यसो भन्‍नुहुन्छ, बारूक:

[3] तैँले भनिस् ‘धिक्‍कार छ मलाई! याहवेहले मेरो दुःखमा पीडा थपिदिनुभएको छ; म सुस्केरा मार्दा-मार्दा थकित भएको छु र मलाई कतै पनि आराम छैनँ।’ ”

[4] तर याहवेहले मलाई तिमीलाई यसो भन् भनेर भन्‍नुभएको छ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले जे बनाएको छु, त्यो म भत्काउनेछु, मैले देशभरि जे रोपेको छु, त्यो म उखेलिदिनेछु।

[5] त्यसो भए के तैँलेचाहिँ आफ्नो निम्ति महान् कुराहरू खोज्दैछस्? ती कुराहरू नखोज्। याहवेह घोषणा गर्नुहुन्छ; किनकि म सबै मानिसहरूमाथि विपत्ति ल्याउनेछु, तर तँ जहाँ गए तापनि म तँलाई लुटको मालसरह जीवितै उम्कन दिनेछु।’ ”

यर्मिया — Chapters