Skip to content
Opens in a new window
Listen to this chapter • 7:20

[1] [नोटः यूहन्‍ना ७ः५३-८ः११ को टिप्‍पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]

[2] बिहानै सबेरै उहाँ फेरि मन्‍दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।

[3] शास्‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए । तिनीहरूले त्‍यसलाई बिचमा राखे ।

[4] [नोटः यूहन्‍ना ७ः५३-८ः११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], त्‍यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्‍यू, यो स्‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।

[5] व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्‌गाले हान्‍ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्‍नुहुन्‍छ ?”

[6] तिनीहरूले येशूलाई फन्‍दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।

[7] [नोट यूहन्‍ना ७ः५३-८ः११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्‍तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये पापरहित जो छ ढुङ्‌गाले हान्‍नमा त्‍यही नै पहिलो होस् ।”

[8] उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो ।

[9] [नोट यूहन्‍ना ७ः५३-८ः११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठूलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्‍तमा माझमा राखिएकी ती स्‍त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।

[10] येशू खडा हुनुभयो र त्‍यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन् ? के कसैले तिमीलाई दण्‍ड दिएन ?”

[11] त्‍यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्‍नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्‍छु । जाऊ, र कुनै पाप नगर ।” ]

[12] फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्‍योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ ।”

[13] फरिसीहरूले उहाँलाई भने, “तिमी आफै आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्‍य होइन ।”

[14] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैले आफ्नो बारेमा गवाही दिएँ तापनि मेरो गवाही सत्‍य छ । म जान्‍दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्‍दैनौ ।

[15] तिमीहरू शरीरअनुसार न्‍याय गर्छौ, तर म कसैको न्‍याय गर्दिनँ ।

[16] तैपनि मैले न्‍याय गरें भने मेरो न्‍याय सत्‍य हुन्‍छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।

[17] हो, दुई जना मानिसको गवाही सत्‍य हुन्‍छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।

[18] मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्‍छ ।”

[19] तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन् ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्‍छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ।”

[20] उहाँले मन्‍दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।

[21] त्‍यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्‍यहाँ तिमीहरू आउन सक्दैनौ ।”

[22] यहूदीहरूले भने, “के यसले आफैलाई मार्नेछ ? के यसले त्‍यसैले ‘म जहाँ जाँदै छु, त्‍यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो ?”

[23] येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।

[24] यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”

[25] यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ ।

[26] मैले तिमीहरूबारे भन्‍नु र न्‍याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्‍य हनुहुन्‍छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्‍छु ।”

[27] उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्‍छ भनी तिनीहरूले बुझेनन् ।

[28] येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफै केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्‍यसरी नै म यी कुराहरू बोल्छु ।

[29] मलाई पठाउनुहुने मसँग हुनुहुन्‍छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्छु ।”

[30] येशूले यी कुराहरू भन्‍दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।

[31] येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;

[32] र तिमीहरूले सत्‍य जन्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ ।”

[33] तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्‍तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ ।”

[34] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍छु, प्रत्‍येक जसले पाप गर्छ, त्‍यो पापको दास हो ।

[35] दास सधैंभरि घरमा रहँदैन, तर पुत्र भने सधैंभरि नै रहन्‍छ ।

[36] यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ ।

[37] म जान्‍दछु, कि तिमीहरू अब्राहामका सन्‍तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।

[38] मैले मेरा पितासँग जे देखेको छु म त्‍यही भन्‍छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्‍यही गर्दछौ ।”

[39] तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्‍तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।

[40] तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्‍य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।

[41] तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्‍मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्‍छ ।”

[42] येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्‍थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।

[43] तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।

[44] तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने इच्‍छा गर्छौ । त्‍यो सुरुदेखि नै हत्‍यारा थियो र त्‍यो सत्‍यमा खडा हुँदैन, किनकि त्‍यसमा सत्‍य छैन । जब त्‍यसले झुट बोल्छ, त्‍यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्‍यो झुट र झुटको पिता हो ।

[45] म सत्‍य बोल्छु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।

[46] तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लगाउँछ ? यदि म सत्‍य बोल्छु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ ?

[47] जो परमेश्‍वरको हो त्‍यसले परमेश्‍वरको वचन सुन्‍छ; तिमीहरू ती सुन्‍दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”

[48] यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र ?”

[49] येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।

[50] म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्‍याय गर्ने एक जना हुनुहुन्‍छ ।

[51] म तिमीहरूलाई साँचो, साँचो भन्‍दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्‍यसले कहिल्यै मृत्‍यु देख्‍नेछैन ।”

[52] यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्‍दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे, तर तिमी भन्‍छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्‍यसले कहिल्यै मृत्‍यु चाख्‍नेछैन ।’

[53] तिमी हाम्रा मरेका पिता अब्राहाम भन्‍दा महान् होइनौ, हौ त ? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैचाहिँ को हुँ भनी ठान्‍छौ ?”

[54] येशूले जवाफ दिनुभयो, “यदि म आफैले आफ्नो महिमा गरें भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्‍छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्‍दछौ ।

[55] तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्‍छु । यदि मैले ‘म उहाँलाई चिन्‍दिनँ’ भन्‍छु भने म तिमीहरूसरह झूटा ठहरिने छु। तापनि म उहाँलाई चिन्‍दछु र उहाँको वचन पालन गर्दछु ।

[56] तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।

[57] यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ ?”

[58] येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्‍दछु, अब्राहाम हुनु भन्‍दा अगिदेखि नै म छँदै छु ।”

[59] तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्‌गा टिपे, तर येशू आफै लुक्‍नुभयो, र मन्‍दिरबाट बाहिर जानुभयो ।

यूहन्‍नाले लेखेको सुसमाचार — Chapters