Skip to content
Opens in a new window
Listen to this chapter • 10:04

[1] विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,

[2] “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।”

[3] यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने,

[4] “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।” इजिप्टबाट निस्केर आएका इस्राएलीहरू यिनीहरू नै थिए:

[5] इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्‍लूबाट पल्‍लूईहरूको वंश;

[6] हेस्रोनबाट हेस्रोनीहरूको वंश; कर्मीबाट कर्मीहरूको वंश;

[7] यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो।

[8] पल्‍लूका छोरा एलिआब थिए।

[9] अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए।

[10] तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो।

[11] तरै पनि कोरहको पूरै वंशचाहिँ लोप भएर गएन।

[12] शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: नमूएलबाट नमूएलीको वंश; यामीनबाट यामीनीको वंश; याकीनबाट याकीनीको वंश;

[13] जेरहबाट जेरहीको वंश; शाऊलबाट शाऊलीहरूको वंश।

[14] शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो।

[15] गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश;

[16] ओज्नीबाट ओज्नीहरूको वंश; एरीबाट एरीहरूको वंश;

[17] अरोदीबाट अरोदीहरूको वंश; अरेलीबाट अरेलीहरूको वंश।

[18] गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो।

[19] एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे।

[20] यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शेलहबाट शेलानीहरूको वंश; पेरेसबाट पेरेसीहरूको वंश; जेरहबाट जेरहीहरूको वंश।

[21] पेरेसका सन्तानहरू यिनै हुन्: हेस्रोनबाट, हेस्रोनीहरूको वंश; हामूलबाट, हामूलीहरूको वंश।

[22] यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो।

[23] इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: तोलाबाट तोलाहीहरूको वंश; पुवाहबाट पुवातीहरूको वंश।

[24] याशूबबाट याशूबीहरूको वंश; शिम्रोनबाट शिम्रोनीहरूको वंश।

[25] इस्साखारका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 64,300 थियो।

[26] जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश।

[27] जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो।

[28] योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्:

[29] मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश।

[30] गिलादका सन्तानहरू यिनै थिए: ईएजेरबाट ईएजेरीहरूको वंश; हेलेकबाट हेलेकीहरूको वंश।

[31] अस्रीएलबाट अस्रीएलीहरूको वंश; शेकेमबाट शेकेमीहरूको वंश।

[32] शमीदाबाट शमीदीहरूको वंश; हेपेरबाट हेपेरीहरूको वंश।

[33] (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।)

[34] मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो।

[35] एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूतेलहबाट शूतेलहीहरूको वंश; बेकेरबाट बेकेरीहरूको वंश; तहनबाट तहनीहरूको वंश।

[36] शूतेलहका सन्तानहरू यिनै थिए: एरानबाट एरेनीहरूको वंश।

[37] एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए।

[38] बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश।

[39] शूपामबाट शू्पामीहरूको वंश; हूफामबाट हूफामीहरूको वंश।

[40] आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: अर्दबाट अर्दीहरूको वंश; नामानबाट नामानीहरूको वंश।

[41] बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो।

[42] दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश, दानका वंशहरू यिनै थिए:

[43] तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो।

[44] आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्‍वीबाट यिश्‍वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश;

[45] अनि बेरियाहका सन्तानहरूबाट: हेबेरबाट हेबेरीहरूको वंश; मल्कीएलबाट मल्कीएलीहरूको वंश।

[46] आशेरकी सेरह नाम भएकी एउटी छोरी थिइन्।

[47] आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो।

[48] नप्‍तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यहसेलबाट यहसेलीहरूको वंश; गुनीबाट गुनीहरूको वंश।

[49] येसेरबाट येसेरीहरूको वंश; शिल्‍लेमबाट शिल्‍लेमीहरूको वंश।

[50] नप्‍तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो।

[51] इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो।

[52] याहवेहले मोशालाई भन्‍नुभयो,

[53] “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू।

[54] ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्।

[55] जमिन निश्‍चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ।

[56] हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।”

[57] तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश।

[58] यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए,

[59] अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।

[60] हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए।

[61] तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।)

[62] एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्।

[63] मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्।

[64] यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्।

[65] किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।

गन्ती — Chapters