[1] याहवेहले मोशा र हारूनलाई भन्नुभयो:
[2] “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”
[3] पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्।
[4] उसको दलको संख्या 74,600 हुन्छ।
[5] इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्।
[6] उसको दलको संख्या 54,400 हुन्छ।
[7] जबूलूनका कुल इस्साखारको छेउमा बस्नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्।
[8] उसको दलको संख्या 57,400 हुन्छ।
[9] यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्।
[10] दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्।
[11] उसको दलको संख्या 46,500 हुन्छ।
[12] तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्।
[13] उसको दलको संख्या 59,300 हुन्छ।
[14] त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्।
[15] तिनको दलको संख्या 45,650 हुन्छ।
[16] रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्।
[17] त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।
[18] पश्चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्।
[19] उसको दलको संख्या 40,500 हुन्छ।
[20] त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्।
[21] उसको दलको संख्या 32,200 हुन्छ।
[22] त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्।
[23] उसको दलको संख्या 35,400 हुन्छ।
[24] एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्।
[25] उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्।
[26] उसको दलको संख्या 62,700 हुन्छ।
[27] त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्।
[28] उसको दलको संख्या 41,500 हुन्छ।
[29] त्यसपछि नाप्ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्तालीका मानिसहरूका अगुवा होस्।
[30] उसको दलको संख्या 53,400 हुन्छ।
[31] दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्।
[32] यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।
[33] याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्।
[34] यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे।