Skip to content
Opens in a new window
Listen to this chapter • 7:44

[1] तब लेवी कुलका मुखियाहरू, पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका अरू कुलका मुखियाहरूकहाँ आए।

[2] अनि तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “याहवेहले तपाईंलाई मोशाद्वारा हामीलाई हाम्रा गाईबस्तुका निम्ति खर्कसहितको बस्‍ने सहरहरू दिनू भनी आज्ञा गर्नुभयो।”

[3] यसकारण याहवेहले आज्ञा गर्नुभएझैँ, इस्राएलीहरूले तिनीहरूका आफ्नै उत्तराधिकारको भागबाट लेवीहरूलाई यी सहरहरू र खर्कहरू दिए:

[4] पहिलो चिट्ठा वंशअनुसार कहातीहरूका निम्ति निस्क्यो। हारून पुजारीका सन्तान लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।

[5] कहातका बाँकी रहेका सन्तानहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलहरूका वंशहरूबाट दश वटा सहरहरू भाग लगाइयो।

[6] गेर्शोनका सन्तानहरूलाई इस्साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्शेको आधा कुलहरूका वंशहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।

[7] मरारीका सन्तानहरूले वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा सहरहरू पाए।

[8] यसरी याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र तिनीहरूका खर्कहरू दिए।

[9] तिनीहरूले यहूदा र शिमियोनका कुलहरूबाट भाग लगाइएका सहरहरू यिनै हुन्।

[10] यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो लेवीका वंशका कहाती थिए। किनकि पहिलो चिट्ठा तिनीहरूको नाममा परेको थियो:

[11] तिनीहरूले उनीहरूलाई किर्यत-अर्बा (अर्थात्, हेब्रोन) लाई यहूदामा भएको पहाडी मुलुकबाट चारैतिरका खर्कहरूसमेत दिए। (अर्बा अनाकका पुर्खा थिए।)

[12] तर त्यस सहरका खेतहरू र गाउँहरूचाहिँ तिनीहरूले यपून्‍नेका छोरा कालेबलाई तिनको पैतृक सम्पत्तिको रूपमा दिएका थिए।

[13] यसकारण पुजारी हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (हत्याको अभियोग लागेको व्यक्तिको लागि शरण-नगर) लिब्ना,

[14] यत्तीर, एश्तमो,

[15] होलोन, दबीर,

[16] ऐन, युत्ता र बेथ-शेमेश, तिनीहरूका खर्कहरूसमेत यी दुई कुलहरूबाट नौ वटा सहरहरू दिइएको थियो।

[17] अनि बेन्यामीनको कुलबाट तिनीहरूले उनीहरूलाई यी सहरहरू दिए: गिबोन, गेबा,

[18] अनातोत र अल्मोन, तिनीहरूका खर्कहरूसमेत, चार वटा सहरहरू दिइएको थियो।

[19] हारूनका सन्तान, पुजारीहरूका निम्ति जम्मा तेह्र वटा तिनीहरूका खर्कहरूसमेत सहरहरू थिए।

[20] बाँकी रहेका लेवीहरूका कहाती वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइएको थियो:

[21] एफ्राइमको पहाडी मुलुकमा तिनीहरूलाई यी सहरहरू दिइएको थियो: शेकेम (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), गेजेर,

[22] किब्सैम र बेथ-होरोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।

[23] दानको कुलबाट पनि तिनीहरूले यी सहरहरू पाए: एल्तके, गिब्बतोन,

[24] अय्यालोन र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू पाए।

[25] मनश्शेको आधा कुलबाट तिनीहरूले यी सहरहरू पाए: तानाक र गात-रिम्मोन, तिनीहरूका खर्कहरूसँगै दुई वटा सहरहरू पाए।

[26] यी सबै दश सहरहरू र तिनीहरूका खर्कहरू कहाती वंशका बाँकी रहेकाहरूलाई दिइएको थियो।

[27] लेवी वंशका गेर्शोनीहरूलाई यी सहरहरू दिइएको थियो: मनश्शेको आधा कुलहरूबाट: बाशानमा भएको गोलान (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) र बेएश्तरा, तिनीहरूका खर्कहरूसमेत दुई वटा सहरहरू दिइएको थियो।

[28] इस्साखारको कुलबाट: किश्योन, दाबरत,

[29] यर्मूत र एन-गन्‍नीम, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू दिइएको थियो।

[30] आशेरको कुलबाट: मिशाल, अब्दोन,

[31] हेल्कत र रहोब, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए।

[32] नप्‍तालीको कुलबाट: गालीलमा भएको केदेश (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) हम्मोत-डोर र कर्तान, तिनीहरूका खर्कहरूसमेत तीन वटा सहरहरू थिए।

[33] गेर्शोनी वंशका सहरहरू, तिनीहरूका खर्कहरूसमेत जम्मा तेह्र वटा थिए।

[34] मरारी वंशकाहरू, जो लेवीहरूका बाँकी रहेकाहरू थिए। तिनीहरूलाई यी सहरहरू दिइएको थियो: जबूलूनको कुलबाट: योक्नाम, कर्तह,

[35] दिम्ना र नहलल, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए;

[36] रूबेनको कुलबाट: बेसेर, यहसा,

[37] कदेमोत र मेपात, तिनीहरूका खर्कहरूसमेत चार वटा सहरहरू थिए।

[38] गादको कुलबाट: गिलादको रामोत (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर), महनाइम,

[39] हेश्बोन र याजेर, तिनीहरूका खर्कहरूसमेत जम्मा चार वटा सहरहरू थिए।

[40] लेवीहरूका बाँकी रहेका सबै मरारी वंशलाई दिइएका सहरहरू जम्मा बाह्र वटा थिए।

[41] इस्राएलीहरूले अधिकार गरेका इलाकामा लेवीहरूका सहरहरू तिनीहरूका खर्कहरूसमेत, जम्मा अठचालीस वटा थिए।

[42] यी सहरहरूका चारैतिर खर्कहरू थिए; प्रत्येक सहरहरूमा यस्तै थियो।

[43] यसरी याहवेहले इस्राएलीहरूका पुर्खाहरूलाई दिनेछु भनी शपथ खानुभएका सबै देश तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूले ती देशहरूमाथि अधिकार गरे, र त्यहाँ बसोबास गर्न लागे।

[44] याहवेहले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएझैँ, उहाँले तिनीहरूलाई चारैतिरबाट शान्ति दिनुभयो। तिनीहरूका कुनै पनि शत्रु तिनीहरूको विरुद्धमा खडा रहन सकेनन्। याहवेहले तिनीहरूका सबै शत्रुहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।

[45] याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।

यहोशू — Chapters