Skip to content
Opens in a new window
Listen to this chapter • 9:00

[1] यहूदा कुलको भाग तिनीहरूको वंशअनुसार एदोमको इलाकासम्म थियो। सुदूर दक्षिणमा जीनको उजाडस्थानसम्म फैलिएको थियो।

[2] तिनीहरूको दक्षिणी सिमाना मृत सागरको अन्तिम भागमा भएको खाडीदेखि सुरु भएर,

[3] अक्रब्बीमको घाटी पार गर्दै जीनतिर लागेर कादेश-बर्नेको दक्षिणसम्म पुगेको थियो। त्यसपछि त्यो हेस्रोनलाई छिचोलेर अद्दारसम्म पुगेको थियो; र कर्काको चारैतिर घुमेको थियो।

[4] त्यसपछि त्यो अज्मोनतिर लागेर इजिप्टको बेँसीमा जोडिएर महासागरमा अन्त्य भएको थियो। यो तिनीहरूको दक्षिणी सिमाना हो।

[5] पूर्वीय सिमाना मृत सागरदेखि यर्दनको मुखैसम्म पर्थ्यो। उत्तरी सिमाना यर्दनको खाडीबाट सुरु हुन्थ्यो,

[6] जुन बेथ-होग्लासम्म पुगेर अगि बढ्दै बेथ-अराबामा गएर रूबेनको छोरो बोहनको ढुङ्गासम्म पुग्थ्यो।

[7] त्यसपछि आकोरको बेँसीबाट दबीरसम्म पुगेर दक्षिणतिर अदुम्मीमको घाटीतिर फर्केर उत्तरतिर गिलगालको सिमानासम्म पुगेको थियो। त्यो एन-शेमेशको पानीतिर बढेर एन-रोगेलबाट निस्केको थियो।

[8] त्यसपछि त्यो यबूसी सहर (अर्थात्, यरूशलेम) को भिरालो ठाउँको दक्षिणमा भएको बेन-हिन्‍नोमको बेँसीमा पुगेको थियो। त्यहाँबाट त्यो सिमाना रपाईको बेँसीको अन्त्य उत्तरपट्टि हिन्‍नोम बेँसीको पहाडसम्म पुगेको थियो।

[9] पहाडको टुप्पोबाट सिमाना अगि बढ्दै नेप्‍तोहको पानीको मूलतिर लागेर एप्रोन पर्वतको सहरहरूमा निस्केर बालातिर (अर्थात्, किर्यत-यारीम) तल झरेको थियो।

[10] त्यसपछि त्यो सिमाना बालाबाट पश्‍चिमतिर घुमेर सेइर पर्वतहुँदै, यारिम पर्वत (अर्थात्, कशालोन) को उत्तरतिर ओरालो गएर तिम्नासम्म पुगेको थियो।

[11] त्यो एक्रोनको उत्तरतिरको ओरालो गएर शिक्‍करोनतिर पुगेर बाला डाँडाबाट हुँदै यब्नेल पुगेको थियो। त्यो सिमाना महासागरमा समाप्‍त भएको थियो।

[12] पश्‍चिमी सिमाना महासागरको किनार थियो। यहूदाका मानिसहरू तिनीहरूका वंशअनुसार चारैतिरका सिमानाहरू यिनै हुन्।

[13] याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्‍नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।)

[14] हेब्रोनबाट कालेबले तीन जना अनाकीहरू अर्थात् अनाकका छोराहरू, शेशै, अहीमन र तल्मैलाई धपाइदिए।

[15] त्यहाँबाट तिनले दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा युद्ध गरे।

[16] अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”

[17] कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।

[18] एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”

[19] तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।

[20] यहूदाको कुलको वंशअनुसार तिनीहरूका उत्तराधिकारको भाग यिनै हुन्:

[21] एदोमको सिमानातिर यहूदाको कुलको सुदूर दक्षिणतिरका सहरहरू यिनै हुन्: कब्सेल, एदेर, यागूर,

[22] कीना, दीमोना, अदादा,

[23] केदेश, हासोर, यित्नान,

[24] जीप, तेलेम, बालोत,

[25] हासोर-हादत्ता, किर्योत-हेस्रोन (अर्थात् हासोर),

[26] अमाम, शेमा, मोलादा,

[27] हसर-गद्दा, हेश्मोन, बेथ-पेलेत,

[28] हसर-शूआल, बेर्शेबा, बिज्योत्या,

[29] बाला, ईम, एसेम,

[30] एल्तोलद, कसील, होर्मा,

[31] सिक्लग, मदमन्‍ना, सन्सन्‍ना,

[32] लबाओत, शिल्हीम, ऐन र रिम्मोन—जम्मा उनन्तीस वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[33] पश्‍चिमी फेदीमा: एश्तोल, सोरा, अश्ना,

[34] जानोह, एन-गन्‍नीम, तप्पूह, एनाम,

[35] यर्मूत, अदुल्‍लाम, सोको, अजेका,

[36] शारैम, अदीतैम र गदेरा, (गदेरोतेम), जम्मा चौध वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[37] सनान, हदाशा, मिग्दल-गाद,

[38] दिलान, मिस्पा, योक्तेल,

[39] लाकीश, बोस्कत, एग्लोन,

[40] कोब्बन, लहमास, कितलीश,

[41] गदेरोत, बेथ-दागोन, नामा र मक्‍केदाका—सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[42] लिब्ना, एतेर, आशान,

[43] यिप्‍ताह, अश्ना, नसीब,

[44] कीलाह, अक्जीब र मारेशा—जम्मा नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[45] एक्रोन र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू;

[46] एक्रोनको पश्‍चिम र अश्दोदका सबै सहरहरूसँगै तिनीहरूका गाउँहरू।

[47] अश्दोद र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू; गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, इजिप्टको बेँसीसम्म र महासागरको किनारसम्म।

[48] पहाडी मुलुकमा: शामीर, यत्तीर, सोको,

[49] दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर),

[50] अनाब, एश्तमोह, अनीम,

[51] गोशेन, होलोन र गीलोह—एघार वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[52] अरब, दुमा, एशान,

[53] यानीम, बेथ-तप्पूह, अपेका,

[54] हुम्ता, किर्यत-अर्बा (अर्थात्, हेब्रोन) र सीओर—नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[55] माओन, कर्मेल, जीप, युत्ता,

[56] यिजरेल, योक्दाम, जानोह,

[57] कैन, गेबा र तिम्ना—दश वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[58] हलहूल, बेथ-सूर, गदोर,

[59] मारात, बेथ-अनोत र एल्तकोन—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[60] किर्यत-बाल (अर्थात्, किर्यत-यारीम) र रब्बा—दुई वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[61] उजाडस्थानमा: बेथ-अराबा, मिद्दीन, सेकाका,

[62] नुनको सहर निब्शान र एन-गदी—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।

[63] यहूदाका मानिसहरूले यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजको दिनसम्म यहूदाका मानिसहरूसँग बस्छन्।

यहोशू — Chapters