Skip to content
Opens in a new window
Listen to this chapter • 4:18

[1] यी तिनै राजाहरू हुन्, जो यर्दनको अराबाको पूर्वमा थिए, जसलाई इस्राएलीहरूले जिते, र तिनीहरूको देश कब्जा गरे। तिनीहरूको भूभागको सिमाना अर्नोन घाटीदेखि हेर्मोन पर्वतसम्म, र सम्पूर्ण भूमि समावेश थियो:

[2] एमोरीहरूका राजा सीहोन, जसले हेश्बोनमा राज्य गर्थे। तिनले अर्नोन घाटीमा अवस्थित अरोएरदेखि—बीचमा भएको सहरदेखि अम्मोनीहरूको सिमानामा भएको यब्बोक नदीसम्म शासन गर्थे। त्यसमा गिलादको आधा भाग पनि पर्थ्यो।

[3] तिनले गालील समुद्रदेखि अराबा समुद्र (खारा समुद्र) सम्म र पूर्वीय अराबामा बेथ-यशीमोत र त्यसपछि पिसगाको भिरालोमुनि दक्षिणको भागसम्म शासन गर्थे।

[4] अनि बाशानका राजा ओगको इलाका, जो रपाईहरूका आखिरी पुस्ता मध्येका एक जना थिए; जसले अस्तारोत र एद्रईमा राज्य गर्थे।

[5] तिनले हेर्मोन पर्वत, सलेका र सारा बाशानमा गेशूरीहरू र माकातीहरूको सिमानासम्म, अनि हेश्बोनका राजा सीहोनको सिमानासम्म र गिलादको आधा भागसम्म शासन गर्थे।

[6] याहवेहका सेवक मोशा र इस्राएलीहरूले तिनीहरूलाई जिते। अनि याहवेहका सेवक मोशाले ती राजाहरूका देश; रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई तिनीहरूको पैतृक सम्पत्तिको रूपमा दिए।

[7] यहोशू र इस्राएलीहरूले यर्दनको पश्‍चिमपट्टि लेबनानको बेँसीमा भएको बाल-गाददेखि सेइरको उकालोतिर जाने हालाक पर्वतसम्म जितेका राजाहरू यिनै हुन्। तिनीहरूका देशहरू यहोशूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा तिनीहरूलाई दिए।

[8] ती भूमिहरू, पहाडी मुलुक, पश्‍चिमी फेदीहरू, अराबा, पर्वतीय भिरहरू, उजाडस्थान र दक्षिणी भागहरू हुन्। ती देशहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका थिए: यी राजाहरू थिए:

[9] यरीहोको राजा, एक, ऐको राजा, (बेथेलको छेउको) एक,

[10] यरूशलेमको राजा, एक, हेब्रोनको राजा, एक,

[11] यर्मूतको राजा, एक, लाकीशको राजा, एक,

[12] एग्लोनको राजा, एक, गेजेरको राजा, एक,

[13] दबीरको राजा, एक, गेदेरको राजा, एक,

[14] होर्माको राजा, एक, आरादको राजा, एक,

[15] लिब्नाको राजा, एक, अदुल्‍लामको राजा, एक,

[16] मक्‍केदाको राजा, एक, बेथेलको राजा, एक,

[17] तप्पूहको राजा, एक, हेपेरको राजा, एक,

[18] अपेकको राजा, एक, लश्शारोनको राजा, एक,

[19] मादोनको राजा, एक, हासोरको राजा, एक,

[20] शिम्रोन-मेरोनको राजा, एक, अक्षापको राजा, एक,

[21] तानाकको राजा, एक, मगिद्दोको राजा, एक,

[22] केदेशको राजा, एक, कर्मेलमा योक्नामको राजा, एक,

[23] नापोथमा डोरको राजा, एक, गिलगालमा गयीमको राजा, एक,

[24] तिर्साको राजा एक। जम्मा एकतीस जना राजाहरू थिए।

यहोशू — Chapters