Skip to content
Opens in a new window
Listen to this chapter • 5:58

[1] त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्‍याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए।

[2] उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट चौडा थियो।

[3] भित्री चोकदेखि बीस क्यूबिट टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए।

[4] कोठाहरूको सामु दश क्यूबिट चौडाइ र एक सय क्यूबिट लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए।

[5] माथिल्‍ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्‍लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए।

[6] माथिल्‍ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए।

[7] कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो।

[8] बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास क्यूबिट लामो थियो, र पवित्रस्थानको छेउको लहरचाहिँ एक सय क्यूबिट लामो थियो।

[9] तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो।

[10] मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए।

[11] तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै,

[12] दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्‍ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्‍न सकिन्थ्यो।

[13] तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्‍नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ।

[14] जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।”

[15] जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे:

[16] तिनले नाप्‍ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट थियो।

[17] तिनले उत्तरको भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।

[18] तिनले दक्षिण भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो।

[19] तब तिनी पश्‍चिम भागपट्टि फर्केर त्यो नापे; नाप्‍ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो।

[20] यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।

इजकिएल — Chapters