Skip to content
Opens in a new window
Listen to this chapter • 2:07

[1] याहवेहको वचन मकहाँ आयो:

[2] “हे मानिसको छोरा, दाखको बोटको दाउरा जङ्गलमा भएका रूखहरूका हाँगाभन्दा कसरी असल हुन्छ?

[3] के कुनै उपयोगी चीज बनाउनका निम्ति दाखको बोटबाट कहिल्यै काठ निकालिन्छ र? के मानिसहरूले दाखको बोटबाट केही झुण्ड्याउनका निम्ति किला बनाउँछन् र?

[4] अनि त्यसलाई दाउराको रूपमा आगोभित्र फ्याँकेपछि त्यसका दुवैतिर टुप्पो र फेद आगोले जलेर बीचको भागसमेत कोइला बन्छ भने के त्यो कुनै कामको निम्ति उपयोगी हुन्छ?

[5] यदि त्यो सिङ्गो हुँदा कुनै पनि कामको निम्ति उपयोगी हुँदैन भने, जब त्यसलाई आगोले जलाएर कोइला बनिएपछि त्यो कुनै उपयोगी कुरा बनिनलाई झन् कति कम उपयोगी हुन्छ होला?

[6] “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जङ्गलका रूखहरूको बीचमा मैले दाखको हाँगालाई आगोको निम्ति दाउरा हुनलाई दिएको छु, त्यसरी नै म यरूशलेममा बसोबास गर्ने मानिसहरूसँग पनि त्यसै गर्नेछु।

[7] म मेरो अनुहार तिनीहरूको विरुद्धमा फर्काउनेछु। तिनीहरू आगोबाट बाहिर निस्केर आए तापनि आगोले तिनीहरूलाई भस्म गर्नेछ। अनि जब मैले मेरो मुख तिनीहरूको विरुद्धमा फर्काउँछु, तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।

[8] तिनीहरू अविश्‍वासयोग्य भएको कारण म देशलाई उजाड पारिदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”

इजकिएल — Chapters